काभ्रेका वरिष्ठ पत्रकार तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज बजगाईले आफ्नो जन्मदिन बृद्धबृद्धा र सहयायहरुसँग मनाएका छन् । शनिबार पत्रकार बजगाईंले धुलिखेल–१२, मा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायसँग विविध कार्यक्रमका बीच आफ्नो जन्मदिन मनाएका हुन् ।

‘सेवा घर’का बृद्धबृद्धा र असहायहरुलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेर उनले आफ्नो जन्मदिन मनाएका थिए ।

बजगाईं पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक हुन् ।

बजगाईले शनिबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गरेका थिए । गत वर्षहरुमा पनि आफ्नो जन्म दिनमा सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरुमा सहयोग गर्दै आएका छन् ।

धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको पत्रकार बजगाईले बताए ।

आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको बताउँदै उनले असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताए ।

उनले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।