काभ्रे जिल्लाबाट अब एक हप्तामै राहदानी (पासपोर्ट) पाउने भएको छ । राहदानी विभागले आइबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं र काभ्रेमा ७ दिनमै पासपोर्ट पाउने व्यवस्था गरेको जनाएको छ ।

विभागले अब बढीमा १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने जनाएको छ । विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

अहिले दैनिक रूपमा विभागमा आवेदन गर्नेको संख्या २,४०० रहेको र राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आकस्मिक कार्यका लागि गरी दैनिक पाँच हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको विभागको दाबी छ ।

दैनिक रूपमा ६,५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको विभागले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।