काभ्रे जिल्लामा स्थानीय तहमा परेका उजुरी एवं मुद्दा फछ्र्यौट एवं विवाद निरुपण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्व्य समिति, काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा बसेको अन्तरक्रिया कार्यक्रममा स्थानीय स्तरमा उठ्ने बिबाद एवं मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहका न्यायीक समितिका पदाधिकारीहरुको सहभागी थियो । कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईले सम्बोधन गर्दै स्थानीय तहमै सम्बोधन गर्न सकिने र कानुनको दायरा लगायत बिषय सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
त्यसैगरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुरक्षा सम्बन्धी विषयलाई मात्र आफूहरूले कार्यान्वयन गर्न सकिने हुँदा स्थानीय स्तरमा स–साना झैझगडा मिलापत्र गरेमा स्थानीय तह जिम्मेवार हुने र जिल्लामा पनि अधिक कार्यभार नहुने बताए ।
आफन्त आफन्तको झगडा एवं स्थानीय स्तरमै समाधान गर्न सकिने विषयहरूलाई स्थानीय स्तरमै समाधान हुँदा प्रहरीलाई सहज हुने काभ्रे प्रहरी प्रमुख चक्रराज जोशीले बताए ।
कार्यक्रमको समापन गर्दै जिसस प्रमुख गौतमले स्थानीय जनप्रतिनिधि एवं स्थानीय न्यायसमितिका पदाधिकारीहरूलाई दलगत स्वार्थबाट अघि बढेर हातेमालो गर्दै जनताको सुख दुःखमा सहयात्री हुन र स्थानीय स्तरका बेमेल झैझगडा स्थानीय तहमै समाधान गर्न आग्रह गरे ।
कार्यक्रममा स्थानीय तहका उपप्रमुख एवं न्याय समितिका संयोजकहरू, न्याय समितिका सदस्यहरु, मेलमिलापकर्ता, जिसस पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















