रामेछाप जिल्लकोे सुनापति गाउँपालिका–५ खनियापानी स्थित लुभुघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको निधन भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएको छ ।

सुनापति गाउँपालिकाको केन्द्र हिलेदवीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभुघाटमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटनामा परी ९ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

लुभुघाटबाट खनियापानी जाने र मध्य पहाडी लोकमार्ग छुटिने घुम्तीमा बस दुर्घटना भएको डिएसपी थिङले बताए । उनका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी थिङले मृतकको सनाखत हुन बाँकी रहेको बताउँदै गम्भीर घाइते तीन जनालाई हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ । दुर्घटनाग्रस्त गाडी सडकको भित्तामा रहेको बताउदै उनले जेसेभी ल्याएर थप खोजी कार्य भइरहेको बताए ।

अन्य घाइतेहरुलाई भने काभ्रे जिल्लामा रहेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याएको बताइएको छ ।