जिल्ला अदालत, काभ्रेबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जना प्रतिवादीहरु काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र मातहतका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा उनीहरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ०३ का ४६ वर्षिय दावा तामाङ रहेका छन् । उनलाई जबरजस्ती करणी मुद्दा अन्तर्गत जिल्ला अदालत काभ्रेले २०७२ साल बैशाख ८ गते २ वर्ष ६ महिना कैद फैसला गरिएको थियो ।

त्यस्तै विगो मुद्दा अन्तर्गत ललितपुर जिल्ला टिकाथली–०९ स्थायी घर भई बनेपा नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ४५ सन्तोषी बस्नेत रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७५ साल चैत्र २९ गते विगो रकम १ करोड २६ लाख बापत २ बर्ष कैद सजायँ फैसला सुनाएको थियो ।

यसैबीच सवारी ज्यान मुद्दा अन्तर्गत काभ्रे जिल्ला पनौति नगरपालिका वडा नं. ११ का २५ वर्षिय विशाल तामाङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७५ साल जेठ १६ गते ३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

उनीहरुलाई पक्राउ गरि सजायँ झुक्तानको लागि जिल्ला कारागार, धुलिखेलमा राखिएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।