नेपाली काँग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस यूनियनको केन्द्रिय अध्यक्ष पदका लागि काभ्रेका वरिष्ठ पत्रकार ईश्वरी ओझाले उम्मेदवारी घोषणा गरेका छन्् । आगामी साउन ६ र ७ गते हेटौँडामा हुने यूनियनको नवौँ राष्ट्रिय महाधिवेशनको लागि अध्यक्ष पदमा ओझाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
वर्तमान केन्द्रिय उपाध्यक्ष समेत रहेका ओझा विगत २५ वर्षदेखि निरन्तर पत्रकारितमा सक्रिय रहेका छन् । उनले श्रमजिवी पत्रकार, यूनियनको शुद्धिकरणलगायतका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताइएको छ ।
‘अहिले पनि धेरैजसो सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक, नियुक्ती पत्र पाउन सकेका छैनन, गरेको कामको समेत वर्षौंदेखि तलब पाउन सकेका छैनन, सञ्चार गृह र सञ्चारकर्मीबीच समस्या देखिएको छ, उक्त समस्या समाधानको लागि अध्यक्ष पदमा मेरो उम्मेदवारी हो’ ओझाले भने, ‘यूनियनभित्र शुद्धिकरण आवश्यक छ, जुन उद्देश्यले यूनियनको स्थापना भएको हो सो अनुसार सञ्चालन हुन नसकेकोले मातृ पार्टी नेपाली काँग्रेसलाई विभिन्न समयमा आउने राष्ट्रिय मुद्दा, विदेश नीति, अर्थतन्त्रमा देशलाई संकट पर्दा यूनियनले थिंक ट्याङ्कको रुपमा पार्टीलाई सल्लाह, सुझाव दिने काम यूनियनले गर्नेछ ।’
उपाध्यक्ष ओझाले आफु अध्यक्षमा विजयी भएको खण्डमा यूनियनमा आवद्ध सञ्चारकर्मीहरुलाई व्यवसायिक बनाउन विभिन्न क्षमता विकासका तालिम, रोजगारीको अवसर प्रदान गर्नुको साथै काँग्रेस पार्टीले अवलम्बन गरेका नीति तथा विचारलाई तल्लो तहसम्म पु¥याउने काममा आफुहरु लाग्ने बताए ।
यूयिनयनलाई समग्र पत्रकारहरुको नेतृत्व गर्ने संस्थाको रुपमा विकास गर्दै सामुहिकतामा रहेर यूनियनको उद्देश्लाई पुरा गर्ने बताउन ओझा पत्रकार महासंघ काभ्रेको पूर्व अध्यक्ष, रेडियो नेपालको घटना र बिचार कार्यक्रमको संयोजक, प्रेस काउन्सिल नेपालको पूर्व सदस्य तथा नेपाल प्रेस यूनियनका वर्तमान केन्द्रिय उपाध्यक्ष हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















