रामेछाप जिल्लाकोे खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का सदस्य मिलन केसी ‘शिवराम’ले आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गरेका छन् गएराति केसीले पत्नी मेनुका केसी धिमाललाई मरणासन्न हुनेगरी कुटेका हुन् ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित केसीले यसअघि पनि पत्नीमाथि हिंसा गर्ने गरेको आरोप छ । यसअघि प्रहरी कार्यालयमा छलफल गरेर मिलापत्र हुँदै आएको थियो । शिवरामको कुटाइबाट पत्नी मेनुका घाइते भएकी छिन् । मेनुकालाई एम्बुलेन्सबाट काठमाडौं ल्याइएको उनकी नातेदार पार्वती खड्काले जानकारी दिईन् ।

पीडितका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेका छन् । कुटपिटपछि पत्नी तर्फका आफन्तलाई फोन गरेर केसीले ‘म कहाँ आउँ ?’ भनेर उल्टै धम्की दिएको नातेदार खड्काले बताइन् ।

खाँडादेवी–६ माकादुममा भएको सो घटनाबारे जानकारी आएको भन्दै ईलाका प्रहरी कार्यालयका असई उज्जवल अधिकारीले बुझ्ने काम भइरहेको बताए । असई अधिकारीले भने–‘खबर आएको छ, हामी बुझ्न जाँदै छौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।