सिटिजन लाइफ इन्सोरेन्सक कम्पनि लिमिटेडमा कार्यरत बनेपा शाखाका एजेन्सी मेनेजर तथा तामाङ पत्रकार संघ काभ्रेका कार्यसमिति सदस्य अशोक बुद्ध लामाको जन्मदिनको शुभ अवसरमा खाधान्न तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आज सोमबार पत्रकार लामाले धुलिखेल–१२ शंखु पाटिचौरमा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायसँग एक कार्यक्रमका बीच आफ्नो जन्मदिन मनाएका हुन् । त्यसैगरी लामाले तेमालमा निमार्णनधिन एक गुम्बाको लागि रु। पाँच हजार पचपन्न रुपैया दान गरेका छन् ।
‘सेवा घर’का बृद्धबृद्धा र असहायहरुलाई खाद्यान्न तथा सरसफाईका सामान हस्तान्तरण गरेर केक काटेर उनले आफ्नो जन्मदिन मनाएका थिए ।
लामा तामाङ पत्रकार संघ काभ्रेका जिल्ला कार्यसमिति सदस्य र तेमाल अनलाइन डटकम, रोशी खबर साप्ताहिक, रोशी एफ। एमका संवाददाता र विमा अभिकर्ता समेत हुन् ।लामाले गत वर्षहरुमा पनि आफ्नो जन्म दिनमा काभ्रेमा रहेका बिभिन्न आश्रम, गुम्बाहरुमा सहयोग गर्दै मनाउदै आएका थिए ।
उनले भने “आफ्नो लागि त सबै बाँच्छन तर अरुको लागि बाँच्नु नै जिवन हो” । जन्मदिनको नाममा फजुल, अनावश्यक खर्च गरेर मनाउनुको साटो असहायहरुको लागि सहयोग गर्दा पुण्यको काम हुने बताए । जिवनमा पुण्य कमाउन मन्दिर जानु नपर्ने र सबैभन्दा ठुलो धर्म भनेकै असाहय, दिन दुःखीको सेवा भएको बताउँदै उनले असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा आफुलाई आत्मा सन्तुष्टि हुने बताए ।
उनले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, चाउचाउ,विस्कुट, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, साबुन हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष रिम बहादर तामाङ, रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईवा (ज्वाला), तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङले सेवा घरको लागि आगामी दिनमा साथ, सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै शंखु निवासी कान्छीमाया तामाङले रु. पचास हजार सहयोग गरेका छन् भने सिटिजन लाईफ इन्सोरेन्सका चिफ मार्केटिङ अफिसर भुषण रिमालले रु. पाँच हजार नगद, मोटिभेसनल स्पीकर लेखनाथ पौडेलले रु. पन्ध्र सय रुपैया नगद सहयोग गरेका थिए ।
कार्यक्रममा सिटिजन लाइफ इन्सोरेन्स बनेपा शाखा प्रमुख मच्छु नारायण श्रेष्ठ, एरिया ब्रान्च मेनेजर लोकमाया अधिकारी, श्रीराम ढुङ्गाना लगायतको उपस्थिती थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।