नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यूनियनको ९ औं महाधिवेशनका लागि काभ्रेबाट पुराना पत्रकार नारायण सापकाटाले केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । आगामी साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको ९ औं महाधिवशेनका लागि सापकोटाले उम्मेदवारी घोषणा गरेका हुन् ।
मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालयमा उहाँले उम्मेदवारीको घोषणा गरेका थिए । २०५४ सालदेखि काभ्रे जिल्लाबाट पत्रकारितामा निरन्तर क्रियाशील सापकोटाले राष्ट्रिय समाचार समिति, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका, सगरमाथा टिभि, न्युज २४ टिभि, गरुण आवाज तत्कालिन एच.बि.सी एफएम लगायत मूलधारका राष्ट्रिय मिडियामा काम गरेको लामो अनुभव रहेको छ ।
नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस युनियन काभ्रेको अध्यक्षको जिम्मेवारी सम्हाली सकेका उनी हाल ट्रेड युनियन कांग्रेसको सचिव समेत छन् ।
जिल्लामा हाम्रो इन्द्रावती साप्ताहिक काभ्रेका सम्पादक तथा नरम न्युज डट कम का प्रधान सम्पादक समेत रहि पत्रकारितामा क्रियाशिल रहेका सापकोटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेसँगै उनको पक्षमा राम्रो माहोल तयार भएको यूनियन सम्बद्ध सञ्चारकर्मीहरुले बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















