काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गाउँपालिकाले सेवा करारमा लिई राखिएका कर्मचारीहरुको म्याद नथप्ने निणर्य गरेको छ । आज गाउँपालिकाले एक सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कार्यरत सेवा करारमा रहेका कर्मचारीहरुलाई असार १ गतेदेखि हाजिर नगराउन सूचना मार्फत निर्देशन दिएको छ ।
म्याद थप नहुनेमा गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गाउँपालिकाले सेवा करारमा लिइै राखिएका गाउँपालिका भित्रका सामुदायिक विद्यालय, विषयगत शाखा, वडा कार्यालय, भुम्लु आधारभुत अस्पताल, स्वास्थ्य चौकी र भुम्लु प्रयोगशालाका कर्मचारीहरु रहेका छन् ।
सूचनामा गाउँपालिका कार्यालयले नयाँ परिक्षा मार्फत उम्मेदवार छनौट गरी सेवा करारमा लिने निणर्य गरेको जनाएको छ । ‘गाउँपालिका कार्यालयबाट मिति २०७९।०३।२९ मा भएकाले तहाँ कार्यालयमा कार्यरत सेवा करारमा रहेका कर्मचारीहरुलाई मिति २०७१।०४।०१ देखि हाजिर नगराउनु हुन अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।
साथै नयाँ परिक्षा लिई नयाँ उम्मेदवार छनौटका लागि लाग्ने समय सम्मका लागि सामुदायिक विद्यालयहरु बाहेक अन्य कार्यालयमा हाल कार्यरत कर्मचारीहरुलाई नै (इच्छुक भएमा मात्र) दैनिक ज्यालादारीमा काममा खटाउनु हुन समेत निर्देशन दिएको छ ।
यी हुन् सेवा करार थप नहुने क्षेत्रहरुः
१. सामुदायिक विद्यालयमा गाउँपालिकाबाट सेवा करारमा लिईएका सवै शिक्षक र कार्यालय सहयोगीहरु
२. आधारभुत अस्पताल र स्वास्थ्य चौकीमा गाउँपालिकाबाट सेवा करारमा लिइएका सबै स्वास्थ्य कर्मीहरु (मेडीकल अधिकृत, हे.अ. स्टाफ नर्स ,अहेव, अनमी .ल्या.टे/ल्या.अ. फर्माशिष्ट, एम्बुलेन्स चालक र कार्यालय सहयोगीहरु)
३. पूर्वाधार विकास शाखा अन्तर्गत कामकाज गर्न हने प्राविधिकहरु
४. वडा कार्यालयमा कार्यरत सवै कार्यालय सहयोगीहरु
५. कृषि सेवा केन्द्र अन्तर्गत कार्यरत सवै कृषि प्राविधिकहरु
६. पशु सेवा केन्द्र अन्तर्गत कार्यरत सवै पशु सेवा प्राविधिकहरु, उधम विकास सहजकर्ताहरु
७. गाउँपालिका भित्र कार्यरत सवै कार्यालय सहयोगीहरु र हलुका सवारी चालकहरु
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















