सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक चर्चामा रहेको एकजना मानिस जो सालिक जस्तै गरि बसेका छन्, ती मानिस सबैको मनोरञ्जनको साधन बनेको छ । प्रायगरि स्वयम्भू क्षेत्रमा बस्दै आएका उनी घण्टौंसम्म मूर्ति बनेर घण्टौंसम्म उभिने गर्छन् ।
उनीसँग फोटो र भिडिओ खिच्ने तथा टिकटक बनाउन भिड लाग्छ । कसैले अंगालो मारेर फोटो वा भिडियो खिच्छन् त कसैले किस खाएर खिच्छन् । कसैले त चिमोट्ने समेत गर्छन् । तर ठिंगा उभिएर बस्छन् र सबैलाई मनोरञ्जन दिन्छन् ।
उनी हुन् सन्धुली जिल्लाका ३५ वर्षी दावा लामा । सामाजिक सञ्जालमा चर्चित बन्दा खुसी लागेको लामा बताउँछन् ।
पाँच घण्टासम्म लगातार हलचल नगरी उभिएर आफूले सडकमा कला प्रदर्शन गरे पनि केहीले ‘माग्न बसेको’ टिप्पणी गर्दा भने दुःख लागेको लामा बताउँछन् ।
प्रहरीले समेत आफूलाई सालिक सम्झेको उनी बताउँछन् । ‘एक दिन त २ जना प्रहरी आयो, मलाई हेरिरह्यो ।’ लामा भन्छन्, ‘हैन यो सालिक कस्ले यहाँ ल्याएर राखेछ ? भनेर प्रहरीले भन्द्र थियो । भित्र–भित्र म हाँसिरहेका थिएँ ।’
आदिकवि भानुभक्त आचार्यको अवतारमा मूर्ति बनेर घण्टौँ सडकमा उभिने लामाको रहर राजा पृथ्वीनारायण शाहजस्तै बनेर उभिने छ ।
वैदेशिक रोजगार गएको, गलौंचा बुनेको, खेतीपाती गरेको सबै अनुभव भएको लामाले यसलाई पेशाको रुपमा अगाडि बढाएको बताउँछन् । ‘यसलाई मैले पेशाको रुपमै अगाडि बढाएको छु । कसैले मलाई माग्ने नै भनेर पनि पैसा दिन्छन्, कसैले त्यसो नभनेरै पैसा दिन्छन् ।’ उनी बताउँछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















