काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ११ स्थित विपी राजमार्ग खण्डको डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घट्नामा एक जना घाइते भएका छन् ।

मंगलबार बिहान साढे २ बजे डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेलेजनाएको छ । सो घट्नामा मोटरसाइकल चालक सिन्धुली जिल्लाको मझुवा–५ का १९ वर्षी मिलन मग्रातीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल दुर्घट्ना हुँदा गम्भिर घाइते भएका मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।