जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका काभ्रे जिल्लाका २ जना प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अुनसार जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहत प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पाँचखाल नगरपालिका वडा नं. १ का ३० वर्षिय सन्त बहादुर तामाङ रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७७ साल माघ १८ गते हातहहतिया खरखाजना मुद्दा अन्तर्गत दोषि ठहराएको थियो । उनी त्यहीबेला देखि फरार रहेका थिए ।
त्यसैगरि पक्राउ पर्ने अर्का व्यक्ति पनौती नगरपालिका वडा नं. ४ बस्ने वर्ष २७ का विशु तामाङ रहेका छन् । २०७२ साल असार २२ गतेका दिन बोक्सीको अरोप मुद्दा शिर्षक अन्तर्गत जिल्ला अदालत काभ्रेले फैसला गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















