काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ का २ जना बालक सुनकोशी नदिमा बेपत्ता भएका छन । उनीहरु वडा नं. २ लामबगरमा सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

बेपता हुनेहरुमा तेमाल गाउँपालिका वडा नं. २ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ का समिर माझी र सोहि स्थान बसोबास गर्ने कुल बहादुर माझीका छोरा वर्ष ८ का कान्छो माझि रहेका छन् ।

दुवैजना बालक पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

उनका अनुसार सुनकोशी नदीमा बालकहरु बेपत्ता भएको खबर सुन्न साथ प्रहरी चैकी पचुवारघाटको टोलि असईको कमाण्डमा खटिएको थियो । हाल खोजतलास कार्य भैरहेको समेत उनले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।