नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोक जिल्ला समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम सिन्धुपाल्चोकको खाडि चौरमा बजारमा सम्पन्न भएको छ। बैठकले सिन्धुपाल्चोकमा प्रतीकको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ।
उक्त बैठकको अध्यक्षता तथा संचालन सिन्धुपाल्चोक जिल्ला संयोजक प्रतीकले गरेका थिए। साथै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट जिल्ला सचिवालय सदस्यहरूले बिद्रोह गरेका थिए । बिद्रोह गर्नेमा भैरब र सुस्मिता थिए।
नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पुर्बी बागमती ब्यूरो इन्चार्ज अटलको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनय राज ‘शर्मा’ को आतिथ्यमा सम्पन्न बैठकले राष्ट्रिय भेलाले तय गरेको नयाँ कार्यदिशा र कार्यनीति अनुसार सिन्धुपाल्चोक जिल्ला दृढ भएर अगाडि बढ्ने निर्णय गरेको छ । निर्णयहरूबारे स्पष्ट पार्दै अटलले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए।
सिन्धुपाल्चोक जिल्ला इन्चार्जले आयोजक कमिटीले खेल्नु पर्ने भुमिकाको बिसयमा निर्देशनात्मक प्रशिक्षण दिएका थिए । साथै देशमा भएको समस्य समयमा किसानले मल पाउनु पर्ने बेला मल सम्म यो सरकारले दिन नसकेकोले जनताको समस्या तत्काल हल गर्नुपर्ने भनाइ राखेका थिए । राष्ट्रिय जनतन्त्रका बिषयमा पनि सङ्घर्ष गर्ने भएको छ विशेष गरि सिन्धुपाल्चोक जिल्लाको प्रत्येक गाउँ पालिका नगर पालिकामा ज्ञापन पत्र बुझाउने चर्को ब्याज असुल गर्ने, मिटर ब्याजि, चर्को रूपमा मुल्य वृद्धि विरुद्ध सङघर्स गर्ने निर्णय गरेको छ साथै spp mcc जस्ता रास्ट्रघाती सम्झौता विरुद्ध जन सङ्घर्ष गर्ने, भ्रष्टाचार विरुद्ध जनताको साथ लि भन्डाफोर अभियान चलाउने निर्णय गरेको छ।
उक्त पार्टीले आफ्नो पार्टीका तत्कालीन दीर्घकालिन रणनीतिक एवम् कार्यनीतिक सवालहरूमा जिल्लाभरि तत्काल पोस्टर पम्प प्लेट टास्ने, वालपेन्टिङ्ग गर्ने ,जिल्ला भरि संगठन बिस्तार अभियान लाइ तिब्र रुपले चलाउने, जिल्लाको सबै वडामा सेल कमिटी निर्माण गर्ने निर्णय गरेको छ।
बैठकले विभिन्न बिभागहरू गठन गर्दै नारा जुलुस सहित बैठक सम्पन्न भएको थियो। साथै सिन्धुपाल्चोक जिल्ला समितिले पाटिका केन्द्रिय सचिवालय सदस्य पुर्बी बागमती ब्युरो इन्चार्ज अटल र नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बिनय राज शर्मालाइ सिन्धुपाल्चोक जिल्लामा भब्य रूपमा स्वागत पनि गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















