निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् ।

आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।

‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’, उनले भने । उनले सञ्चारकर्मी हरुलाई थप प्रतिक्रिया दिन चाहेनन् ।

समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए । शर्माले आफूमाथि लागेको आरोप निराधार रहेको बयान दिएको बताइएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।