सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर  र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले काभ्रे जिल्लाकाे नमोबुद्ध नगरपालिका–५ (साविक कानपुर कालापानी गाविस वडा न‌‍ ६) स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङलाइ पक्राउ गरेको हाे ।

उनले सामाजिक सञ्जाल फेसबुकमा तेश्रो लिङ्गीका तस्बिर आफ्नो फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभरमा राखेर पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको प्रहरीले जनाएको छ ।

यस्तै उनले राइडर एप्लिकेसन इनड्राइभरको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएपछि   पक्राउ गरिएको ब्यूरोले जनाएको छ । लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई बिहीबार जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।