केहीदिन अघि भू–माफियाले सर्वसारधण ठगी गरेको घटना सार्वजनिक भएपछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले जिल्ला मालपोत कार्यालयको अनुगमन गरेका छन् । विहिबार दिउँसोको समयमा जिसस प्रमुख गौतमले एक्कासी अनुगमनका लागि मालपोत कार्यालय पुगेका हुन् ।

अनुगमनको क्रममा गौतमले मालपोत कार्यालयको सबै शाखाहरुमा पुगेर सोधपुछ समेत गरेको थिए । साथै अनुगमनका क्रममा मालपोत कार्यालयका कर्मचारी र लेखापढी ब्यवसायी संघका पदाधाकारीसँग उनले हालै भएको भू–माफिया प्रकरण, सेवाप्रवाह लगायत विभिन्न विषयमा समेत छलफल गरेका थिए ।

जिसस प्रमुख गौतमले भू–माफियाले सर्वसाधारण ठगेको घट्ना मालपोतसँग सम्बन्धित रहेको बताउँदै आफूलाई निकै दुखित बनाएको बताए । उनले त्यो काम गर्ने जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताए ।

भू–माफियाले सर्वसाधारण ठगी प्रकरणले सिंगो जिल्लाकै बदनाम भएको जिसस प्रमुख गौतमले बताए । ‘नेपालको सुधार हुनै नसकेका कार्यालयभित्र मालपोत र यातायात ब्यवस्था पर्छन् । यी कार्यालयहरुमा सर्वसाधरणको ब्यापक गुनासो आउने गरेका छन ।’ गौतमले भने, ‘त्यसमाथि सर्वसाधरण ठगीको घटनाले सिँगो जिल्लाको बदनाम भएको छ । दोषीलाई उम्कन दिन हुँदैन ।’

सोही क्रममा काभ्रे जिल्ला मालपोत कार्यालयका प्रमूख नविन किशोर अधिकारीले उक्त ठगीको घटना मालपोत कार्यालय परिसरबाट नभएको बताउँदै सबै काम कार्यालयभन्दा बाहिरबाट भएको बताए । सो प्रकरणमा आफ्नो कार्यालयका कर्मचारी संलग्न नभएको समेत मालपोत कार्यालयका प्रमुख अधिकारीले प्रष्ट पारे ।

केही दिन अघि हुँदै नभएको जग्गाको धनी पूर्जा बनाएर पास गरेको आरोपमा धादिङ जिल्ला घर भई बनेपा बस्दै आएका ३७ वर्षी रविप्रसाद रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । उनले बनेपामा हुँदै नभएको जग्गा देखाएर १ करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

लेखापढी ब्यवसायीहरुले पनि प्रहरीको अनुसन्धानमा पूर्ण रुपमा सकाउन आफुहरु तयार रहेको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।