काभ्रे जिल्लाका नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित स्थानीय तहका जनप्रनिधिहरुलाई सम्मान गरिएको छ । पार्टीको विभिन्न भातृसंगठनहरुले शनिबार एक समारोहमा उनीहरुलाई सम्मान गरेको हो ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यातामा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । अखिल नेपाल महिला संघ काभ्रेका जिल्ला कमिटी अध्यक्ष पासाङ डोल्मा तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा नेकपा एसबाट नगरप्रमुखमा निर्वाचित टोक बहादुर वाईबा, जिसस काभ्रेका प्रमुख दिपक कुमार गौतम, वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यलाई सम्मान गरिएको थियो ।
नेकपा एसको तर्फबाट बनेपा नगरपालिकाको वडा नम्बर ६ मा वडाध्यक्ष सचिता नन्द केसीको सिंगो टिम, पाँचखाल नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा रामशरण दुलाल, भुम्लु गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा मोती लाल तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । त्यस्तै पनौती नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा पनि नेकपा एसबाटै जयराम केसी निर्वाचित भएका थिए ।
सम्मान कार्यक्रममा संविधानसभा सदस्य एवं पोलिटब्युरो सदस्य कृष्ण प्रसाद सापकोटा, नेकपा एस केन्द्रीय सदस्य, बागमती कमिटी सचिब एवं सासद लक्ष्मण लम्साल, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, जिल्ला कमिटी सचिब दिपक कुमार गौतम, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह लगायत आ आफ्नो धारणा राख्नुभएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















