एक हप्ता अघि रोशी खोलाले बगाएर बेपत्ता भएका काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. का ज्ञान बहादुर लामाको शब मंगलबार फेला परेको छ । गत साउन ३ गतेबाट रोशी खोलाले बगाएर बेपत्ता भएका लामाको शव रोशी गाउँपालिका वडा नं ७ स्थित कटुञ्जेबेशीमा फेला परेको हो ।
५७ बर्षिय ज्ञान बहादुर लामासँगै रोशी खोलाले बगाएको भैंसी भने झण्डै २०० मिटर तल जिउँदै निस्किएका थिए भने लामा सात दिन देखी बेपत्ता थिए ।
नमोबुद्ध नगरपालिकाबाट गएका उद्धार टोली सँगै नेपाली सेना र सशस्त्रका टोलीको संयुक्त प्रयासमा खोजीकार्य गर्दा समेत फेला परेका थिएन । स्थानियहरु भने लामाको खोजी कार्यमा रोशी खोला आसपासका क्षेत्रमा निरन्तर लागिरहेका थिए ।
करिब ४ः३० बजेतिर फेला परेका शब जिल्ला प्रहरी कार्यलय धुलिखेलबाट आएका प्रहरीको टोली सहितको उपस्थितिमा पोस्टमार्टमको धुलिखेल अस्पताल लगिएको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















