काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ४ मा कार्यरत कम्प्युटर अप्रेटर सुरेन्द्र तामाङ माथि दुर्ब्यबहार गर्ने जनकार्वाही गर्ने चेतावनी दिएको छ । जातिय विभेदयुक्त शब्द प्रयोग गर्दै स्थानीय सुवास थापाले तामाङ माथि दुव्यबहार र आक्रमण गरेको भन्दै मंगोल अर्गनाइजेशन नामक एक पार्टीले जनकार्वाहीको चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै सिंगो मूलबासी माथि नै अपमान हुनेगरि गाली गलौज र दुव्र्यबहार गरेको गरेको आरोप लगाउँदै थापालाई कार्वाहीको माग गरिएको छ । सरकारले कार्वाही नगरे आफूहरुले जनकार्वाही गर्ने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी पाण्डेलाई जानकारी दिएको थियो ।
थापाले तामाङ माथि कार्यकक्षमै आक्रमण गर्नुको साथै जातिय विभेद हुनेगरि ‘गाई खाने भोटे, गु भोटे’ आदि भन्दै अपमान गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै पाण्डले कानूनी कार्वाही गर्ने प्रतिबद्धता जाहेर गरकी थिइन् । विभिन्न कर्मचारी संगठनले समेत कार्वाहीको माग गरेको जानकारी दिंदै पाण्डेले कार्वाही प्रक्रिया अगाडि बढाउने बताइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















