प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीमा बागमती प्रदेशका पत्रकारहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । वागमती प्रदेशबाट उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी र लक्ष्मण खड्का, उप–महासचिवमा सुनिल खड्का, सचिवमा ग्याम्जो थोकर र शान्ता अधिकारी, नीति परामर्श समिती सदस्यमा कृष्ण सारु मगर निर्वाचित भएका छन् ।
१४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीमा शुक्रबार र शनिबार बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो । ६१ सदस्यीय पदाधिकारीभित्र काभ्रेका दुई जना पत्रकार सचिबमा ग्याम्जो थोकर र सह कोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका हुन् ।
यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।