काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले घुम्ती बैंकिङ सेवा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । नगर प्रमुख कुन्साङ लामाले निर्वाचनको क्रममा नगरबासी समक्ष गरेको प्रतिवद्धता अनुसार यसरी भत्ता वितरण गरेको हो ।
नगर प्रमुख लामाका अनुसार नगर भित्रका पूर्ण अशक्त तथा बैकिङ सेवासम्म पुग्न नसक्नेलाई घर–घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । सोमबार वडा नं. १ बाट वितरण गर्न थालिएको उनले जानकारी दिए ।
स्थानीय वित्तिय संस्थाहरुसँगको समन्वय र सहकार्यमा स्थानीयस्तर तथा वडास्तरमा नै घुम्ति बैकिङ सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख लामाले बताए ।
यो सेवा सबै वडाहरुमा सञ्चालन हुने नगरले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















