काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष देवराज तामाङले वडाको टोल–टोलमा घुम्ति सेवा दिन शुरु गरेका छन् । वडा समितिका बैठकले स्थानीयहरुको समस्यलाई मध्यनजर गर्दै घुम्ति सेवा मार्फत सेवा दिने कार्य सुरु गरेको वडा अध्यक्ष तामाङले बताए ।

घुम्ति सेवा मार्फत जनताको समस्यहरुलाई नजिकबाट नियाल्दै वडा कार्यालयले दिनुपर्ने सेवा सुविधाहरु टोलटोलमा पुर्याउने वडा अध्यक्ष लामाले जानकारी दिए ।

‘हामीले अब १६ गते चुखाबेशि, १७ गते लामागाउँ, १८ गते डाँडागाउँ, १९ गते फुलडाँडा÷लप्सेमा घुम्ति सेवा संचालन गर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष तामाङले भने, ‘जनतालाई जनताकै आँगनमा सेवा दिने हाम्रो उद्देश्य हो । जनतामा हामीले गरेको प्रतिबद्धता पूरा गर्दै छौं ।’

घुम्ति सेवा मार्फत सामाजिक सुरक्षा भत्ता नविकरण तथा दर्ता, व्यक्तिगत घट्ना दर्ता, मालपोत कर (तीरो) संकलन, नागरिकताको सिफारिस लगायत वडाबाट दिने सेवा सुविधाहरु दिने उनले जानकारी दिए ।

साथै उनले स्थानीय निकायमा भएको भ्रष्टचार र बेथिति विरुद्ध समेत कठोर रुपमा प्रस्तुत हुने र पाँच वर्ष भित्र बढी भन्दा बढी प्रदेश र संघबाट बजेट ल्याउने र ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुलाई व्यापक प्रचारप्रसार गरि बाह्य तथा आन्तरिक पर्यटकहरु आउने वातावरण गर्ने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।