जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विभिन्न पदमा बढुवा भएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । कार्यालय परिसरमै एक समारोहका बीच एसपी जोशी र डिएसपी हरि खतिवडाले उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी समेत रहेका डिएसपी खतिवडाका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाको मिति २०७९।०४।१५ र १६ गतेको निर्णयानुसार प्राविधिक (संचार) तर्फका प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ट हवल्दार, जनपद प्रहरी समुह तर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरेको थियो ।

उक्त कार्यक्रममा एसपी जोशी ज्युले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विभागिय निति निर्देशन र संगठनले दिएको पदिय जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरि कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।