काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार सोमबारदेखि खोप लगाउन लागेको हो ।

स्वास्थ्य शाखा प्रमुख पाठकका अनुसार गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थामा कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप अभियान सञ्चालन गरिनेछ । गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयहरुमा संचालन गरिने हुँदा सम्बन्धित वडाका स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन उनले अनुरोध गर्दै सम्बन्धित विद्यालयका प्र.अ. हरुलाई उक्त खोप कार्यक्रममा समन्वय तथा सहजिकरण गरिदिन हुन समेत अनुरोध गरेको छ ।

खोप अभियान साउन २३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।