काभ्रेमा जग्गा ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा मालपोत कार्यालय काभ्रेका दुई कर्मचारी पक्राउ परेका छन् । जग्गा ठगी गर्ने गिरोहमा संलग्न भएको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार पक्राउ पर्नेहरुमा मातलपोत कार्यालयका कर्मचारीद्वय शशित भण्डारी र रमविनय यादव रहेका छन् ।

भु–माफियालाई सहयोग पुर्‍याउने कार्यमा भण्डारी र यादवको संलग्नता देखिएको पक्राउ गरेको जानकारी दिंदै एसपी जोशीले नियन्त्रणमा लिएका उनीहरुको बयान लिई सकिएको बताए ।

शशित भण्डारीले अफलाईन फोटो खिचेका थिए भने रामविनय यादवले जग्गा पासका लागि दुबै पक्षसँग कुरा गरेर पठाएका थिए । यस अघि हँुदै नभएको जग्गा विक्री गर्ने धादिङ्गका रवि रेग्मिलाई पक्राउ गरेको थियो । लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापा फरार छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।