माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग, नेपाल काभ्रेको संयोजकमा लनामदोर्जे तामाङ चयन भएको छ । आइतबार बसेको बैठकले तामाङलाई संयोजक तोकिएको हो ।

वाइसिएलको आगामी भदौ ४ गते हुने राष्ट्रिय भेलाको तयारीको क्रममा काभ्रेमा संयोजक चयन गरिएको छ । बैठकले अरु पद भने यथावत नै राखिएको जनाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संगठनले विभिन्न योजनाहरु बनाए अघि बढ्ने संयोजक तामाङले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।