काभ्रे जिल्लाको बनेपा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, बनेपाको कमाण्ड अब डिएसपीले गर्ने भएको छ । इन्स्पेक्टरको कमाण्डमा रहेको इलाका प्रहरी कार्यालय, बनेपालाई अपग्रेड गर्दै डिएसपी खटाए छ ।
अपग्रेडसँगै ईलाका प्रहरी कार्यालय बनेपामा डिएसपी रेशम बोहरालाई खाटाइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार सरुवा तथा पदस्थापन भएका समेत गरीएको ८ डीएसपीको काज सरुवामा डीएसपी बोहरालाइ ईलाका प्रहरी कार्यालय बनेपामा सरुवा गरिएको जनाएको छ ।
त्यस्तै, काभ्रेमै डिएसपी अन्जना श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेमा काज सरुवा गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















