काभ्रे जिल्लाको बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा सहितको एमालेबाट निर्वाचित टोलीले नगर प्रमुख शान्ति रत्न शाक्यको कदम प्रति अझ आक्रमक बनेको छ । सत्तारुढ गठबन्धनले उपप्रमुख सापकोटोको कदमको विरोध गरेसँगै एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘जवाफी फायर’ खोलेको छ ।

नगर प्रमुख शाक्यले यस अघिका प्रमुखले नियुक्ति गरेको सल्लाहकार, सचिवालयमा रहेको कर्मचारीको करार सेवा अवधि नथपेको भन्दै एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले आक्रोस पैदा गर्दै आएको छ । आफ्नो सल्लाहकार र सचिवालयमा एमालेले नियुक्ति गरेको कर्मचारी नैतिक हिसावले स्वतः हट्नुपर्नेमा उपप्रमुख सापकोटाले देखएको हर्कत राजनीतिक र विधि सम्बत नभएको टिप्पणी हुँदा समेत आफ्नो ‘आक्रमक’ कदम भने उनले रोकेकी छैनन् ।

विज्ञप्तिमा आफूले नगर प्रमुख शाक्यले हस्ताक्षर गरेको करार थप नगरेको पत्र च्यातेको स्वीकार्दै सत्तारुढ ५ दलिय गठबन्धनलाई समेत विरोध गर्न भ्याएकी छिन् । ‘कर्मचारीको म्याद थप गर्ने वा नगर्ने अधिकार बनेपा नगरपालिकाको नगर सभाले कार्यपालिकालाई दिएको सन्दर्भमा राजनीतिक पुर्वाग्रहका आधारमा केहि कर्मचारीहरुलाई नगर प्रमुख शान्ति रत्न शाक्यले आफै हस्ताक्षर गरेर अवकाश पत्र दिए पछि उप प्रमुख विमला सापकोटा सहित हामी कार्यपालिका सदस्यहरुले पटक पटक नगर प्रमुखलाई भेट्न प्रयास गर्दा भेट नगरी मिति २०७९ साउन २३ गते दिउँसो मात्रै छलफलमा सहभागी हुँदा आफ्नो निर्णयबाट पछि नहट्ने अडान लिएकाले गैह्रकानुनी रुपमा लेखिएको पत्र च्यातिएको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिः

आदरणीय नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु
स्थानीय तहको २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनबाट बनेपा नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएको सर्वविदितै छ । प्रतिस्पर्धामा एमाले सम्बद्ध उपप्रमुख सहित हामी बहुमत सदस्यहरु निर्वाचित भएका थियौ । बहुमत सदस्यहरुलाई वेवास्ता गर्दै सपथ ग्रहणमै गठवन्धनका तर्फबाट गरिएको विभेदको तत्काल प्रतिकार गरिएको थियो । नगर प्रमुख शान्तिरत्न शाक्य सहित गठवन्धनका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको पेलाहा, हेपाहा प्रवृत्ति विरुद्ध हामीले नीतिगत र कानुनी लडाई जारी राख्यौ र आज पनि जारी छ ।

स्थानीय तहमा पक्ष प्रतिपक्ष हुँदैन । तर गठवन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुले शुरु देखि नै दम्भ प्रस्तुत गरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई हेप्ने, अवहेलना गर्ने, मर्यादा विपरित अभिव्यक्ति दिने, कानुनको धज्जी उडाउँदै मपाईत्व गर्ने गरेको घाम जस्तै छर्लङ्गै छ । जिल्लाको पहिलो र पुरानो नगरपालिका बनेपामा अहिले ९७ जना करार तथा ज्यालादारी कर्मचारीहरु कार्यरत छन् । उनिहरु सबैको ब्यवस्थापनका लागि कार्यपालिकाले आर्थिक वर्ष २०७८।२०७९ सम्ममा मौजुदा रहेको दरवन्दी तथा संगठन स्वरुपलाई स्वीकृत गरी निरन्तरता दिन नगर सभामा प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको थियो । नगरपालिकामा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवाका कर्मचारीहरु मध्ये आवश्यक कर्मचारीहरुको आर्थिक वर्ष २०७९।२०८० का लागि समेत म्याद थप गर्ने अधिकार कार्यपालिकामा प्रदान गर्न नगर सभामा प्रस्ताव प्रस्तुत गर्ने निर्णय अनुरुप नगर सभाको २०७९ असार २४ गते सम्पन्न बैठकले सोहि अधिकार कार्यपालिकालाई दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई लत्याउँदै उपप्रमुख विमला सापकोटा लगाएत कार्यपालिका सदस्यहरुले पटक पटक कार्यपालिका बैठक बोलाउन गरेको अनुरोधलाई ब्यवास्ता गरी नगर कार्यपालिकालाई छली प्रमुख शान्तिरत्न शाक्यले ब्यक्तिगत रुपमा कर्मचारीले प्रयोग गर्ने अधिकार समेत आफै दुरुपयोग गरी कर्मचारीलाई हटाएको पत्र लेखेको विषय कानुन विपरित रहेको ब्यहोरा प्रस्ट छ।

संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ खण्ड (क) मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकारको विषय स्पष्ट उल्लेख गरेको छ । कर्मचारी नियुक्ती र अवकासको अधिकार अध्यक्ष वा प्रमुखको अधिकार क्षेत्र भित्र पर्दैन बरु दफा १६ को उपदफा ४ खण्ड क को बँदा नम्बर ५ मा सभा वा कार्यपालिकाले गरेको निर्णय अध्यक्ष वा प्रमुखले कार्यान्वयन गर्ने गराउने स्पष्ट लेखिएको छ । कर्मचारीको म्याद थप गर्ने वा नगर्ने अधिकार बनेपा नगरपालिकाको नगर सभाले कार्यपालिकालाई दिएको सन्दर्भमा राजनीतिक पुर्वाग्रहका आधारमा केहि कर्मचारीहरुलाई नगर प्रमुख शान्ति रत्न शाक्यले आफै हस्ताक्षर गरेर अवकाश पत्र दिए पछि उप प्रमुख विमला सापकोटा सहित हामी कार्यपालिका सदस्यहरुले पटक पटक नगर प्रमुखलाई भेट्न प्रयास गर्दा भेट नगरी मिति २०७९ साउन २३ गते दिउँसो मात्रै छलफलमा सहभागी हुँदा आफ्नो निर्णयबाट पछि नहट्ने अडान लिएकाले गैह्रकानुनी रुपमा लेखिएको पत्र च्यातिएको हो ।

उक्त विषयलाई तोडमोड गर्दै गठवन्धनका नाममा नगरको फाहोरमैला ब्यबस्थापन र खानेपानी लगाएतका विकासका कामहरु उल्लेख गरी जनतालाई भ्रमित पार्न खोजेकाले यो विज्ञप्ती जारी गरिएको छ । हामी बनेपा नगरको विकासका लागि सदैव एकता, समन्वय र सहकार्यका लागि प्रतिवद्ध छौ । तर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बेवास्ता गरी संकुचित र हेपाहा प्रवृत्तिबाट अमुक दल र ब्यत्तीबाट नियन्त्रीत र निर्देशित भई नगर प्रमुखद्धारा गैहजिम्मेवार ढंगले गरिने कुनै पनि कार्यमा हाम्रो सहयोग नभई प्रतिवाद हुनेछ । विगतमा एमालेको नेतृत्वमा शुरु भएका फोहोरमैलाको दीगो ब्यवस्थापन, करिडोर निर्माण, एकीकृत खानेपानी लगायतका विषयमा विगतमा अन्य दलले गरेको जस्तो फोहोरी राजनीति एमालेको तर्फबाट निर्वाचित हामी जप्रतिनिधीहरुले गर्ने छैनौ । खानेपानी फाहोर ब्यबस्थापन र करिडोर निर्माण गरी बनेपा नगरपालीकालाई आधुनिक नगरको रुपमा विकास गर्न हामी सम्बद्ध राजनितीकदलको स्पस्ट दृष्टिकोणको आधारमा तत्कालीन सरकारले ब्यबस्था गरेको ३१ करोड रुपयाँको बजेटबाट एकिकृत खानेपानी शुरु भई अन्तिम चरणमा पुगेको, करिडोर निर्माण गरी डुबान समस्या समाधान गर्न ७५ करोड बजेट विनियोजन भएकोमा गठबनधनको सरकार निर्माण पश्चात ति आयोजनाका बजेट कटौती गरीएको यथार्थलाई ढाकछोप गर्नका लागी संसदीय अभ्यास मुल्य र मान्यता बिपरीत ५ दलिय गठबन्धनले विज्ञप्ती जारी गरी बनेपा नगरलाई नियन्त्रीत र निर्देशित गर्न खोजिएको कदम प्रति हाम्रो घोर भर्तसना छ ।

कार्यपालिकाको पटक पटकको बैठकमा खानेपानी, फोहोर ब्यबस्थापन र करीडोर निर्माणका सम्बन्धमा एजेण्डा राख्न हाम्रो तर्फबाट प्रस्ताब गर्दा समेत नगर प्रमुख सहित ५ दलिय गठबन्धनका प्रतिनीधिबाट उत्त एजेण्डा कुनै पनि बैठकमा प्रस्तुत गर्न नमानी आलटाल गर्दै आएको ब्याहोरा स्पस्ट पार्न चाहान्छौ । आफ्नो गल्ति ढाकछोप गर्न विषयान्तर गरी भ्रम छर्ने कोशिस नगर्न हामी चेतावनी दिन चाहन्छौं । फेरी पनि भन्छौ हामी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु विधी, संविधान, कानुनलाई पूर्ण पालना गरी नगरको विकासमा दत्तचित्त भएर लागिरहनेछौ । सम्पुर्ण नगर बासीको सम्पुर्ण समस्या विधि प्रक्रिया भित्र रहेर समाधान गर्न प्रतिबद्ध रहने छौ ।

विमला सापकोटा (उप प्रमुख)
ज्योती बोगटी (कार्यपालिका सदस्य)
श्यामसुन्दर श्रेष्ठ (वडा अध्यक्ष नं.)
समिता थापा (कार्यपालिका सदस्य)
शिब कुमार थापा ( वडा अध्यक्ष)
द्रौैपदा खत्री (कार्यपालिका सदस्य)
राम बहादुर कुवंर ( वडा अध्यक्ष)
सरिता श्रेष्ठ (कार्यपालिका सदस्य)
कमल प्रसाद घिमिरे ( वडा अध्यक्ष)
सुभद्रा बजगाई (कार्यपालिका सदस्य)
बलराम अधिकारी (वडा अध्यक्ष)
बिक्रम भुजेल (कार्यपालिका सदस्य)
रामलाल दुवाल (वडा अध्यक्ष)
कमला परियार (कार्यपालिका सदस्य)
शुसिल थापा (का.वा. वडा अध्यक्ष)
रबिन्द्र सुनार (कार्यपालिका सदस्य)

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला