काभ्रे जिल्लामा आफूलाई सिआइडी हुँ भनि व्यवसायीहरुलाई धम्क्याउँदै हिंड्ने ती जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार काभ्रेको पनौती नगरपालिकाका विभिन्न व्यवसायीहरुलाई सिआइडी हुँ भनि धम्क्याउदै ठडी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा पाचँखाल नगरपालिका वडा नं. ८ घरभई हाल पनौती न.पा. वडा नं. ०२ बस्ने बर्ष २० को रबिन तामाङ, पनौती नगरपालिका वडा नं. ०८ बस्ने बर्ष २८ को सन्जित बन्जारा र बर्ष २९ को ऋषी बन्जारा रहेका छन् ।
उनीहरुले वडा नं. ०२ स्थित पसल गरी बस्ने बालकृष्ण थापालाई ‘हामी प्रहरीका सिआइडी टोली हौँ’ भन्दै धम्क्याउदै ठगी गर्न खोजेको इलाका प्रहरी कार्यालय, बनेपाले जनाएको छ ।
आइतबार पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















