काभ्रेमा जवरजस्ती चोरी मुद्दाको फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा भुम्लु गाउँपालिका वडा नं. ०१ भोर्लाकोटका वर्ष ३३ का सुवास, नविन पराजुली भन्ने शुसान्त पराजुली रहेका छन् ।

जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत, ललितपुरले २०७८ साल कार्तिक २० गतेका दिन ३ वर्ष ०४ महिना २३ दिन कैद र रु. ४७ हजार ८ सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार पराजुलीलाई भुम्लु गाउँपालिका वडा नं. ०१ स्थितबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।