तामाङ पत्रकार संघ, सिन्धुपाल्चोकले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । दिवसको अवसरमा आइतबार आयोजना गरिएको ‘अग्रज तामाङ पत्रकार सम्मान तथा तामाङ पत्रकारहरुको अवसर, चुनौती, वर्तमान अवस्था तथा भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम लामालाई सम्मान गरिएको हो ।  लामा जिल्लाका पहिलो तामाङ पत्रकार हुन् ।

कार्यक्रममा प्रमुख अतिथि बुद्ध योन्जनले संघियता पछि पत्रकार तथा सञ्चार गृहहरुको लागि अवसर धेरै भएको बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरेर काम गर्न सक्यो भने संघियता पछि पत्रकारहरुको लागि अवसर नै अवसर रहेको छ ।’ उनले भने, ‘साथै पेसागत रुपमा काम गर्दै जाँदा विभिन्न समस्याहरु आइपर्ने र त्यस्ता समस्या समाधानका लागि संघ सङ्गठन आवश्यक पर्ने भएकोले सबै पेशागत पत्रकारहरु संगठनमा आवद्ध हुन जरुरी छ ।’

कार्यक्रमका बिशेष अतिथि तथा बलेफी गाउँपालिकाका उपाध्यक्षसरु लामा तामाङले संघलाई अघि बढाउन स्थानीय तहहरुसँग समन्वय गर्न आवश्यक रहेको र यसका लागि संघसँग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताइन् । कार्यक्रममा सम्मानित भएका संघका सल्लाहकार लामाले यो पेसा आर्थिक रुपले सबल बन्ने नभई ब्यक्तित्व बिकास र सामाजिक प्रतिष्ठाको लागि गरिने पेसा भएको बताए ।

कार्यक्रमका सभापति समेत रहेका जिल्ला अध्यक्ष प्रितम तामाङले सबैको अनुभवहरु साटासाट गर्नपाएकोमा कार्यक्रम प्रभावकारी भएको बताउँदैसंघले शान्तिका अग्रदुत गौतम बुद्धको काखमा आफ्नो पहिलो कार्यक्रम गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा केन्द्रिय पार्षद कमला पाख्रीन, प्रदेश पार्षद शान्ति थिङ, प्रदेश सदस्य मानकाजी पाख्रीन लगायतको सहभागीता रहेका थिए ।

कार्यक्रममा उपाध्यक्ष अस्मि स्याङ्तान कमलाले स्वागत मन्तव्य राखेका थिए भने नुमा पाख्रीनले सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।