काभ्रे । नेकपा एसको जिल्ला अध्यक्षमा बसुन्धरा हुँमागाई छानिएका छन् । प्रदेशका मन्त्री हुँमागाईलाई नयाँ थप जिम्मेबारी प्रदान गरिएको बागमती प्रदेशका सचिव लक्ष्मण लम्सालले बताए । उपाध्यक्ष रहेका उनलाई अध्यक्षमा पदोन्नती गरिएको हो ।
कमिटिको उपाध्यक्षमा जिल्ला समन्वय समितीका प्रमुख दीपक कुमार गौतमलाई प्रदान गरिएको छ । सचिव रहनु भएको उहाँलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो । त्यस्तै सचिवको जिम्मेबारी गोकुल गौतमलाई प्रदान गरिएको छ । उनी मण्डनदेउपुर नगर कमिटीको अध्यक्ष हुन् । त्यस्तै उपसचिवमा भने एसु लामालाई जिम्मेबारी प्रदान गरिएको छ ।
यसअघि नेकपा एस काभ्रेको अध्यक्ष टोकबहादुर वाइवा थिए । सात बर्षअघि एमालेको अध्यक्ष बनेका टोकबहादुर वाईवा, पार्टी एकतापछि नेकपा काभ्रेको सचिव तथा पार्टी विभाजनपछि पुनः एमालेको अध्यक्षहुँदै नेकपा एसको जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै संघीय संयोजकमा लाप्साङ पाख्रिन १ र २ मा सचितानन्द के.सी लाई जिम्मेबारी दिइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।