काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा आज राति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले जानकारी दिए ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवं समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किएको थियो । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।