नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं. ९ को वडा भेला सम्पन्न भएको छ । भेलाले जगतलाल तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

तत्कालीन वडा कमिटि अध्यक्ष हस्तबहादुर तामाङ कार्वाहीमा परेपछि अध्यक्ष पद खाली रहेको थियो । उपाध्यक्ष जगतलाल तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएर गएको स्थानीय निर्वाचनमा परिचालन गरिएको थियो । तामाङको नेतृत्वमा निर्वाचनमा विजयी समेत हासिल गरेको छ ।

भेलाले ६ जना वडा कमिटी सदस्यहरुको समेत पदपूर्ति गरेको छ । विभिन्न व्यक्तिलाई कार्वाही, स्थानान्तरण, बढुवा भएको कारण सो पदहरु खाली रहेको थियो ।

भेलाले उपाध्यक्षमा सोनामदोर्जे लामा चयन भएका छन् भने सचिवमा यस अघिकै कान्छा लामालाई कायम गरिएको छ । सह–सचिवमा रोशन तामाङ र कोषाध्यक्षमा महेशकुमार तामाङ चयन भएका छन् ।

नयाँ सदस्यहरमा जोकराज ब्लोन, राजु लामा, चेनाम लामा, तेर्साङ थोकर, डोल्मो तामाङ र कुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

भेलाको उद्घाटन माओवादी केन्द्र तेमाल गाउँकमिटिका इन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष डिएम लामाले गरेका थिए । कार्यक्रममा पार्टीको तेमाल गाउँकमिटी उपाध्यक्ष तथा जिल्ला समन्वय समिति सदस्य ग्याम्जो थोकर, जिल्ला समन्वय समितिका सदस्य डिएस लामा, जननिर्वाचित वडा अध्यक्ष तथा तेमाल गाउँकमिटीको कार्यालय सदस्य चन्द्रबहादुर लामा, पुराना कम्युनिष्ट नेताहरु चलाखसिं दोङ, पदमबहादुर दोङ, चन्द्रबहादुर दोङ, लालबहादुर तामाङ, वडा कमिटी इन्चार्ज सूर्यबहादुर दोङ, प्रदेश समन्वय समिति सदस्य पासाङदोर्जे थोकर, गाउँकमिटी सदस्य टेकबहादुर थोकर, वाइसिएल नेता निङमार लामा, अखिल क्रान्तिकारीका तेमाल गाउँकमिटी अध्यक्ष युवराज लामा लगायतका सहभागीता थिए ।

कान्छा लामाको सञ्चालनमा भएको सो कार्यक्रमको अध्यक्षता जगतलाल तामाङले गरेका थिए भने स्वागत भने रोशन लामाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।