काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको प्रवक्तामा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङलाई तोकिएको छ । आज (आइतबार) बसेको गाउँ कार्यपालिकाको बैठकले उनलाई प्रवक्ता तोकिएको हो ।
गाउँपालिकाबाट सम्पादन भएका कार्यको जानकारी दिन तथा कार्यपालिकाको निर्णय तथा कार्यान्वयनको आधिकारिक जानकारी दिनका लागि तामाङलाई प्रवक्ता तोकिएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले बताए ।
अनियमित कार्यको छानविन समिति गठन
त्यसैगरि बैठकले गाउँपालिका भित्र भएका अनियमित कार्यको छानविन गर्नका लागि वडा नं. ५ का वडा अध्यक्ष हजारसिं तामाङको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति समेत गठन गरेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।
सदस्यहरुमा वडा नं. १ का वडा अध्यक्ष इन्द्रबहादुर अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ, कार्यपालिका सदस्यहरु केशव रसाइली र छ्योइसाङ तामाङ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















