नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेलाबाट काभ्रेका दुई जना युवाहरु केन्द्रिय समितिमा चयन भएका छन् । मंगलबार अध्यक्ष प्रचण्डले उद्घाटन गरिएको राष्ट्रिय भेलाले उनीहरुलाई केन्द्रिय समितिमा चयन गरेको हो ।

केन्द्रिय समितिमा चयन भएकाहरुमा सचिवमा अविलास तामाङ र केन्द्रिय सदस्यमा अनिश तामाङ रहेका छन् । यस अघि केन्द्रिय सदस्य भएका अविलास जनमुक्ति सेनाको सदस्यको भूमिका समेत निर्वाह गरेका व्यक्ति हुन् भने अनिश पत्रकारीता र पार्टी राजनीतिमा सक्रिय व्यक्ति हुन् ।

भेलाले ३५१ जनाको केन्द्रिय समिति र ६१ जनाको पदाधिकारी हुने व्यवस्था गरेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला