काभ्रे जिल्लामा बन्दकर्ताले राखिएको बम सेनाले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका वडा नं. ९ स्थित बिपी राजमार्गमा बन्दकर्ताले राखिएको बम नेपाली सेना कालीजंग गण धुलिखेलले डिस्पोज गरेको हो ।

मानिसहरूलाई आतंकित पार्ने उद्देश्यले खतरा लेखिएको प्रेसरकुकर बम राजमार्गमा फेला परेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए । स्थानीयहरूले बिहान ४ बजे नै बम रहेको सूचना दिएपछि नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको हो । बम डिस्पोज पछि राजमार्ग सुचारु भएको छ ।

बम रहेको स्थानमा कुनै पर्चा नभएकोले नेपाल बन्दकर्ताहरूले नै सो बम सडकमा राखेको हुनसक्ने प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिए ।

प्रेसरकुकरमा खतरा एसएसपी र एमसीसि लेखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।