काभ्रेकाे जिल्लाको बनेपा नगरपालिका– ७ चारदोबाटोमा कम्युनिस्टको झन्डासहित सडकमा झाडु लगाउन थालेका बन्दकर्ताहरू पक्राउ परेका छन्। सडकमा झाडु लगाउँदै यातायात अवरुद्ध गर्न खोज्ने सात पुरुष र एक महिलासहित आठजना बन्दकर्ताह पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा विशेष कमिटी सदस्य प्रमोद, विद्यार्थी नेता दयाराम, प्रशान्त, मण्डनदेउपुर– ४ का वडाध्यक्षको प्रत्याशी राजकुमार तामाङ, कलाकार संगीत, पल राउतलगायत रहेका छन् ।
चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो । हिजो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।
विप्लवसँग गरेको तीनबुँदे राजनीतिक सहमतिविपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, भ्रष्टाचार, महँगीविरुद्ध देशैभर चार पार्टीले बन्दको आश्वान गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















