नेकपा (विप्लब) समूह लगायत ४ वामद्वारा आव्हान गरिएको नेपाल बन्दको क्रममा पक्राउ परेका काभ्रेका बन्दकर्ताहरु रिहा भएका छन् । नेपाल बन्दको क्रममा विप्लब समूहका ८ कार्यकर्ताहरु पक्राउ गरेको थियो ।
नेकपा माओवादी समाजवादीका जिल्ला अध्यक्ष योकबहादुर घिसिङका अनुसार जिल्ला प्रहरी कार्यालय, काभ्रेमा राखिएका उनीहरुलाई भर्खरै रिहाइ गरेको हो । रिहा हुनेहरुमा दयाराम लुवर, प्रमोद गिरी, प्रशान्त तामाङ, संगीत, पल राउत लगायतका रहेका छन् ।
बन्द सफल बनाउने भन्दै बन्दकर्ताहरुले सार्वजनिक गाडी तोडफोडमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















