काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ८, भोज्र्याङमा ३ महिने बौद्ध शिक्षाको बुधबारबाट शुभारम्भ भएको छ । तेमाल शान्ति ध्यान केन्द्रको सहयोगमा भोज्र्याङमा बौद्ध शिक्षा सञ्चालन गर्न लागेको हो ।
कार्यक्रमको उद्घाटन तेमाल शान्ति ध्यान केन्द्रका अध्यक्ष खेन्बो आचार्य अनि मायाले धार्मिक प्रबचनको साथ गरेका थिए ।
सो कार्यक्रममा समाजसेवी एबम् तेमाल शान्ति ध्यान केन्द्रका सल्लाहकार शंखबुद्ध लामा, केन्द्रको सल्लाहकार तथा तेमाल गा.पा.को पूर्व उपाध्यक्ष दुर्गामाया तामाङ, माहिने बौद्ध शिक्षाका शिक्षक धर्म गुरु सोनम लामाले बौद्ध शिक्षा र यसको महत्वबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा ध्यान केन्द्रको कोषाध्यक्ष मिरा लामा र सदस्य कमला लामाका साथमा स्थानीय बौद्ध धर्ममा आस्था राख्ने समुदायको सहभागीता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















