संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित काभ्रेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बनेपा नगरपालिका वडा नं. ६ स्थित स्वागत क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी, काभ्रे जिल्लाको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीहरुालई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित पक्राउ गरेको हो ।
पक्राउ गरिएकामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments