काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका मोतियाविन्दु भएका नगरवासीलले निःशुल्क उपचार पाउने भएको छ । नमोबुद्ध नगरपालिका र रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपाबीचमा संझौता भएसँगै नगरबासीले निःशुल्क उपचार पाउने भएको हो ।
कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थित उक्त आँखा अस्पतालबाट सेवा लिन सक्ने नगर प्रमुख लामाले बताए ।
त्यस्तै वडाको सिफारिस लिएर आउने सबैलाई निःशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिए ।
नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्पmबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले हस्ताक्षर गरेका छन् ।
मोतियाविन्दु पहिचानको लागि नगरपालिकाले अस्पतालको प्राविधिक सहयोगमा विभिन्न समयमा आँखा शिविर समेत गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















