काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ३ की एक बृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार बिहान ८ बजे माइत जान्छु भनेर घरबाट निस्केकी बृद्धा भिरबाट लडेर मृत्यु भएको स्थानीय शिक्षक शिव शंकर चौंलागाईंले जानकारी दिए ।

मृत्यु हुनेभा वडा नं. ३ की ६५ वर्षीय माइली तामाङ रहेकी छिन् । विहान ८ बजे वडा नं. ४ स्थित गुमपाटी जानेक्रममा उनी भिरबाट लडेको स्थानीयले बताएको छ ।

घर नजिकको भिरमा लडेकी तामाङलाई दिउँसो स्थानीय भवु तामाङले देखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।