गाई काटेको आरोपमा काभ्रे जिल्लामा प्रहरीले २ जना पक्राउ गरेको छ । उनीहरुलाई विहिबार विहान ३ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नमोबुद्ध नगरपालिका वडा नं. ०५ बस्ने वर्ष ३० को ज्ञान बहादुर तामाङ र वर्ष १८ को फुर्वे तामाङ रहेका छन् ।

डाँडागाउँ स्थित फुर्बे तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनीहरुलाई कानून बमोजिम पक्राउ गरी निजहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२७ पशुपंक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।