काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हजार सिं लामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न घर–घरमा पुगेका छन् । सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्दै आएकोमा अशक्त जेष्ठ नागरिकहरुलाई वडा अध्यक्ष लामाले घरमै पुगेर भत्ता वितरण गरेका हुन् ।
वडाको रोशी क्षेत्रका जेष्ठ नागरिकहरु बैंकसम्म जान नसक्ने भएपछि वडा अध्यक्ष लामाको पहलमा घर–घरमै पुगेर वितरण गरेको जनाएको छ । ‘मुख्यतः निर्वाचनको क्रममा अशक्त आमा–बुबाहरुसँग घरमै भत्ता लिएर आउँछु भनेको थिएँ ।’ वडा अध्यक्ष लामाले भने, ‘मैले प्रतिबद्धता पूरा गर्ने कोशिस गरेको छु । अब सकेसम्म सबैलाई घर–घरमै पुगेर वितरण गर्ने कोशिस गरेको छु ।’
वडाको तल्लो क्षेत्रका ८० जना भन्दा बढी लाभग्राहीलाई भत्ता वितरण गरेको वडा अध्यक्ष लामाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















