नेपाली काँग्रेसको केन्द्रिय समितिको योजना अनुसार काभ्रेमा पनि ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु भएको छ । बनेपामा एक कार्यक्रमको आयोजना गरि काभ्रे काँग्रेसले अभियानको उद्घाटन गरेको हो ।
अयिभानको लागि पार्टी केन्द्रबाट खटिएकी काँग्रेसको केन्द्रिय सदस्य रमा कोइरालाले एक समारोहका बीच अभियानको उद्घाटन गरेका थिए ।
अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि तथा केन्द्रिय सदस्य कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले अन्य दलसँग गठबन्धन गर्नुको औचित्यबारे प्रष्ट पारेका थिए । ‘गठबन्धन केपी ओलीको असंवैधानिक कदमको कारण जोडिएको हो । गठबन्धनकै कारण हाम्रो पार्टीको सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुनुभएको हो ।’ कोइरालाले भने, ‘तसर्थ अहिलेको गठबन्धन रहर होइन लाखौं सहिदहरुको त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षा र देश विकासको निम्ति हो ।’
जिल्ला सभापति तिर्थ लामाले अबको चुनावमा सिंगो पार्टी पंक्ति एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । टिकट एउटा व्यक्तिले भन्दा पनि काँग्रेसको सक्रिय र नेतृत्व गर्न सक्ने व्यक्तिले पाउने भएको कारण जसले टिकट पाए पनि जिताउन एकढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा विषेश अतिथिको रूपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य मधु आर्चाय, गणेश लामा, बाग्मति प्रदेशका महामन्त्री कन्चन बादे, महासमिति सदस्य शार्किमान बल, प्रतिनिधि सभा सभापति तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, प्रदेश सभापति क्षेत्र नं १ (क) का सभापति राम योन्जन, (ख) का सभापति चन्द्र लामा, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति तथा पाँचखाल नगरका मेयर महेश खरेल, नमोबुद नगरका मेयर कुन्साङ लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्र लामा, भुम्लु गाउँपालिकाको उपाध्यक्ष तथा भुम्लुका सभापति दावा लामा, महाभारत गाउँपालिकाको उपाध्यक्ष तथा सभापति सागर मोक्तान, खानीखोला गाउँपालिकाको सभापति तथा उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतका नेताहरु सहभागी थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















