नेकपा (माओवादी केन्द्र) निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल काभ्रेको अध्यक्षमा कुवेर सिं दोङ निर्वाचित भएका छन् । आज शनिबार सम्पन्न जिल्ला भेलाले दोङलाई अध्यक्षमा चयन गरेको हो ।

दोङको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा प्रेमबहादुर घलान, सह–सचिवमा अरुण दोङ, कोषाध्यक्षमा चिनीमाया लामा सर्वसम्मत निर्वाचित भएको छ ।

समितिको सदस्यहरुमा धनबहादुर तामाङ, नरेन्द्र तामाङ, कृष्ण तामाङ, सञ्जय तामाङ, धनबहादुर तामाङ, लरप तामाङ, निमा तामाङ, सानुमाया तामाङ, माया तामाङ, अमर तामाङ, बान्तमान तामाङ, हिरा तामाङ, कान्छा तामाङ, माइला तामाङ, पूर्ण दोङ तामाङ, सूर्यबहादुर तामाङ, सनबहादुर तामाङ, शुक्रमाया तामाङ, इश्वरी तामाङ, रामबहादुर तामाङ, कुन्ती माया तामाङ, तस्वीर घिसिङ, आइते सिं तामाङ, शवास वाइबा, दिलबहादुर वाइबा, राम गोले, विवस थिङ, पासाङ तामाङ, मारसाङ तामाङ, भुपाल तामाङ, दुर्गादेवी तामाङ, चन्द्रसिं तामाङ, सविता तामाङ, बुद्धराज तामाङ, बस्तीराम तामाङ रहेका छन् ।

भेलाको उद्घाटन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले गरेका थिए । कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य मिना तामाङ, संघीय सांसद गंगाबहादुर तामाङ, पार्टीको जिल्ला सचिव दैवलाल घिसिङ, मोर्चाका केन्द्रिय नेताहरु मिना पाख्रीन, आइतसिं तामाङ, टासी लामा, कर्मलाेपसाङ लामा लगायतका नेताहरुको सहभागीता रहेका थिए । भेलामा जिल्ला भरिका प्रतिनिधिहरुको सहभागीता रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।