नेपाल विद्यालय कर्मचारी परिषद् तेमाल गाउँ समितिले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु एक हप्ताको लागि बन्द गर्न आव्हान गरिएको छ । सरकारसँग विभिन्न माग राखी आन्दोलन गरिरहेको परिषद्ले सबै बिद्यालयका प्रधानाध्यापकहरुलाई पत्र लेख्दै बन्दको आव्हान गरिएको हो ।

नेपाल विद्यालय कर्मचारी परिषदको मिति २०७९।०५।०६ गतेको राष्ट्रिय समितिको निर्णय पत्र बमोजिम विद्यालय कर्मचारीहरुको माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिनका लागि बन्दको आव्हान गरिएको परिषद्का गाउँ समिति अध्यक्ष चमरसिं तामाङले जानकारी दिए ।

‘तेमाल गाउँ समितिको मिति २०७९।०५।११ गते बसेको बैठकको निर्णयानुसार तेमाल गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु मिति २०७९।०५।१२ गते देखि १८ गतेसम्म एक हप्ता सामुदायिक बिद्यालय बन्द कार्यक्रम संचालनका लागि आवश्यक सहयोग तथा सहजिकरण गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।’ परिषद्द्वारा प्रेषित पत्रमा उल्लेख छ ।

यसैबीच एकीकृत अखिल नेपा शिक्षक संगठन तेमाल गाउँपालिका कमिटिले पनि परिषद्को आन्दोलन प्रति एक्यबद्धता जाहेर गरेको छ । संगठनको गाउँ कमिटी अध्यक्ष सञ्जयकुमार लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै परिषद्को माग जायज भएको जनाउँदै वार्ताबाट समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

यस्तो छ पत्रः

श्री प्रधानाध्यापक ज्यू, सामुदायिक विद्यालयहरु सबै तेमाल गाउँपालिका, काभ्रे

विषयः आवश्यक सहयोग सम्बन्धमा ।

प्रस्तुत विषयको सम्बन्धमा नेपाल विद्यालय कर्मचारी परिषदको मिति २०७९।०५।०६ गतेको राष्ट्रिय समितिको निर्णय पत्र बमोजिम विद्यालय कर्मचारीहरुको माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिनका लागि नेपाल विद्यालय कर्मचारी परिषद र तेमाल गाउँ समितिको मिति २०७९।०५।११ गते बसेको बैठकको निर्णयानुसार तेमाल गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु मिति २०७९।०५।१२ गते देखि १८ गतेसम्म एक हप्ता सामुदायिक बिद्यालय बन्द कार्यक्रम संचालनका लागि आवश्यक सहयोग तथा सहजिकरण गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

चमारसिं तामाङ
अध्यक्ष
झमक बहादुर श्रेष्ठ
सचिव
सिङ्ग तमाङ
कोषाध्यक्ष

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।